रास्वपा चटकेहरुको पार्टी हाे : पृथ्वीसुब्बा गुरुङ

दर्पण दैनिक १५ आश्विन २०८०,१५:२७
post

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवाहरुलाई दिग्भ्रमित गरेको आरोप लगाएका छन् । एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधनका क्रममा उनले अहिलेका युवाहरुले फेसबुक र टिकटक हेर्ने गरेको बताउँदै सामाजिक सञ्जालमार्फत् नै रास्वपाले उनीहरुलाई भड्काएको जिकिर गरे । 


‘चटकेवालाले राजनीतिक दल खोजिरहेका छन्। उनीहरुसँग नीति, कार्यक्रम र योजना छैन। योजनाबिनाको पार्टीले कुनै विकास गर्न सक्छ ? यस्तो चटक रुस, भारतमा र अन्य देशमा पनि देखियो । लोकप्रियतावादले देशको भलो गर्दैन। राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै योजना, नीति र भिजन छैन। यसले युवाहरुलाई दिग्भ्रमित गरिरहेको छ’, गुरुङले भने । 


उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियानलाई पनि नाटकको संज्ञा दिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसलाई पालेर यो देशको समृद्धि आउन नसक्ने पनि उनले बताए । 

प्रधानमन्त्रीले सत्ता गठबन्धनका नेताकी श्रीमतीमाथि अनुसन्धानको सियो सोझिएपछि अनुसन्धान नै प्रभावित पारेको पनि बताए। 

माधव नेपालले गत चुनावमा तीन प्रतिशत मत पनि नपाएको प्रसंग निकाल्दै भने, ‘केपी ओलीलाई नेता मानेर एमालेभित्र प्रवेश गर्नुस्, खुद्रे पसल राखेर अब तपाईंको राजनीति चल्दैन ।’

उनले अहिले ‘राजा आऊ देश बचाऊ भन्ने नारा लागिरहेकोतर्फ पनि आफ्ना भनाइ राखे । ‘सामन्तवाद र राजतन्त्रका कुरा नगरौँ । अब संघीय लोकतान्त्रिक गणतन्त्र राजतन्त्रमा फर्किन सक्दैन’, उनले भने । गुरुङले पार्टी अध्यक्ष केपी ओलीको प्रशंसामा पनि धेरै शब्द खर्चिए। एमालेले भन्दै आएको मिसन २०८४ भनेको फेरि केपी ओलीलाई प्रधानमन्त्री बनाउनु रहेको उनले बताए । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: