‘बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ’

दर्पण दैनिक २२ फाल्गुन २०७९,०९:३८
post

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा लगाउन पाइने तर नियमित अदालतले हेर्न नहुने बताएका छन् । 

सामाजिक सञ्जालमा केहीबेरअघि ट्वीट गर्दै नेता भट्टराइले त्यस्तो बताएका हुन् । आफू प्रधानमन्त्री हुँदा पनि थुप्रै मुद्दाको सामना गरेको उनको भनाइ छ । शान्ति सम्झौताअनुसार जनयुद्धकालीन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ले हेर्ने पनि उनले उल्लेख गरेका छन् । नेता भट्टराईले लेखेका छन्, 'बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ । म आफै प्रम छँदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजीर भएको छु ।'

यसअघि शहीद तथा वेपत्ता योद्धा सन्तती फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा डा. भट्टराईले अहिले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास भइरहेकाले पनि एकठाउँमा आउन जरुरी रहेको उनले बताएका थिए । ‘एउटा बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ?’, उनले भने, ‘तीन वर्षअघिको एउटा सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउन मिल्छ भन्ने निर्णय गर्नु भनेको निहुँ खोजको होइन ? जिस्क्याएको होइन ?’ 

यस्ता मुद्दाहरुमा सहकार्य गर्नुपर्ने उनले बताए । ‘हामी सबै मिलेर किन सडकमा निस्कन सक्दैनौं ? सक्छौं’, भट्टराईले अघि भने, ‘सक्नेहरु  विचार मिल्नेहरुको एउटै पाटी बनाउन, विचारमा अलि फरक हुनेहरु मोर्चा बनाउँ, त्यो नबनाउने हो भने कार्यगत एकता गरौं र यस्ता मुद्दाहरुमा सहकार्य गरौं ।’ यसले एउटा शक्ति बन्ने र शहीद वेपत्ताहरुको सपना पूरा गर्न सकिने भट्टराईको निष्कर्ष थियाे ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: