काठमाडाैं । सत्ता साझेदार १० दलले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएका छन् । उनीहरूले न्यूनतम साझा कार्यक्रममा संक्रमणकालीन न्यायको काम दुई वर्षभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै सरकारी सेवा लिन लाग्ने समय घटाउनेदेखि प्रहरी समायोजनसम्मका विषय समेटेर गठबन्धनले न्यूनतम साझा कार्यक्रम ल्याएको हो ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी सहभागी छन् ।
हेर्नुस् न्यूनतम साझा कार्यक्रमः