
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय एक्सनमा उत्रिएपछि नयाँ सत्ता समीकरण बनेको दाबी गरेको छ ।आइतबार बसेको संसद् बैठकमा रास्वपा सांसद गणेश पराजुलीले यस्तो दाबी गरेका हुन् ।
'प्रतिपक्षमा रहँदा गिरीबन्धुको फाइल खोलौँ भन्नेहरू र भुटानी शरणार्थी प्रकरणका कारबाही प्रक्रिया अगाडि बढाउँ भन्नेहरूमा गृह एक्सनमा उत्रिएछ, अब कोही बच्दैनौँ भन्ने डरले डेरा जमाएछ,' उनले भने, 'यसपछि पछिल्लो परिवर्तन भयो ।'
सांसद पराजुली विपद्बाट जनतालाई जोगाउनुको साटो दलहरू सत्ता स्वार्थमा लागेको बताउँछन् । 'विपद्को समयमा जनतालाई राज्य भएको महसुस गराउनु त कता हो कता, विभिन्न स्वार्थ पूरा गर्न र निमुखा जनतालाई बाढी-पहिरोमा मर्न छाडिदिएर सरकार परिवर्तनमा लागेका छन् । केवल त्यो परिवर्तन आफू र आफ्नाहरूलाई भ्रष्टाचारविरुद्धको कारबाहीबाट बचाउनुबाहेक अरु केही छैन,' उनले भने ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google