नेविसंघ काभ्रेद्वारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

दर्पण दैनिक २८ असार २०८२,०९:१८
post

काभ्रे । नेपाल विद्यार्थी संघ (नेविसंघ) काभ्रेपलाञ्चोकले २०८१को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।  काभ्रेको बनेपामा शुक्रबार आयोजित कार्यक्रममार्फत विभिन्न धारमा सर्वोत्कृष्ट अंक ल्याउने ५ जना विद्यार्थीलाई विशेष सम्मान र जिल्लाभर उत्कृष्ट अंक ल्याउने १३ सय विद्यार्थीलाई नेविसंघ काभ्रेले सम्मान गरेको हो । 

नेविसंघले जिल्लामा सर्वोत्कृष्ट नतिजा (४ जीपीए) ल्याउने साँगास्थित ग्रेसल्यान्ड माध्यमिक विद्यालयकी प्रकृति दुलाल र विकटेश्वर इङ्लिस स्कुलकी जिया खत्री र विद्यालयलाई सम्मान गरेको हो ।

त्यस्तै, सामुदायिकतर्फ उत्कृष्ट ३ दशमलव ९१ जीपीए ल्याउने चण्डेश्वरी सृष्टीकान्त माध्यमिक विद्यालय, नालाकी गरिमा अधिकारी, प्राविधिक धारतर्फ उत्कृष्ट ३ दशमलव ६९ जीपीए ल्याउने जनक माध्यमिक विद्यालय, भकुण्डेबेंसीकी सदिक्षा मैनाली, संस्कृततर्फ उत्कृष्ट ३ दशमलव ०९ जीपीए ल्याउने नैनिशारण्य संस्कृत गुरुकुलका समिर पराजुलीलाई सम्मान गरेको हो । 

काभ्रे जिल्ला घर भई भक्तपुरबाट एसईईमा सहभागी भएर सर्वोत्कृष्ट नतिजा (४ जीपीए) ल्याउने काभ्रेको सुप्रिया मोक्तानलाई पनि कार्यक्रममा सम्मान गरियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले अबको युग प्रतिस्पर्धाको रहेको बताउँदै विद्यार्थीलाई विश्वस्तरीय क्षमताको विकास गर्न प्रेरित गरे ।  उनले शिक्षा नीतिमा समान अवसर सुनिश्चित गर्न दल र संगठनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । 

यस्तै सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस काभ्रेका सभापति पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामाले ब्यक्तिको जीवनमा परिवर्तन गर्ने एक मात्र कार्य शिक्षा रहेको बताउदै विश्वका यति कमजोर देशहरुले पछिल्लो चरणमा खोज तथा अनुशन्धान मार्फत हजौरा युवाहरुलाई रोजगारीको सिर्जनाको गरेको हुनाले हामी पानि यसकार्यमा लाग्‍नु पर्ने बताए । 

सभापति लामाले सम्मान हुने सबै विद्यार्थीहरुलाई विद्यार्थी जीवनमा आएका सबै खाले समस्याहरुमा आफू सधै उभिने प्रतिबद्बता ब्यक्त गरे । 

नेविसंघ काभ्रेका अध्यक्ष अञ्जनराज खतिवडाले एसईईमा उत्तीर्ण भएका कुनै पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुन नहुने बताए । उनले भने, ‘आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाई भएका विद्यार्थीलाई नेविसंघले छात्रवृत्ति प्रदान गर्नेछ ।

कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु नेपाली कांग्रेस काभ्रेका पदाधिकारीहरु स्थानीय तहका अध्यक्ष एव उपाध्यक्षहरु भातृ एवं शुभेछुक संस्थाका नेताहरुले शुभकामना ब्यक्त गरे ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: