काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद भनेको पुँजीवादी यथास्थितिवाद रहेको बताएका छन् । बुधबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले पनि पुनःउत्थानवादीहरुको धारा देशमा रहेको भन्दै फेरि राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलन भित्रबाट बढार्न जरुरी रहेको बताए । उनले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव हुने बताए । उनले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेको भन्दै उनीहरूसँग वैचारिक संघर्षहरु गर्नुपर्ने बताए ।
उनले भने, ‘एउटा पुनःउत्थानवादीहरुको धारा छ, जो नेपाललाई फेरि राजतन्त्रको युगतर्फ, अन्धकार, सामन्तवाद युगतर्फ फर्काउन चाहन्छ, जसलाई विद्यार्थी आन्दोलन भित्रबाट बढार्न जरुरी छ । दोस्रो पुँजीवादी यथास्थितिवादी धारा छ, त्यसले जुन ढंगले २०६३/०६३ मा क्रान्ति भयो, हाम्रो देशमा पुँजीवाद आएको छ, पुँजीवादी जनवाद हामीले स्थापना गरेका छौँ, अब यहाँबाट अझै अघि बढ्नुपर्नेछ । समाजवादी जनवादमा पुग्नुपर्नेछ । समाजवाद स्थापना गर्नुपर्नेछ । तर एक थरी विद्यार्थीहरू त्यो मान्दैनन् । उनीहरू पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेका छन् ।’
उनले दक्षिणपन्थी अवसरवादी धाराबाट समाजको अग्रगति सम्भव नरहेको बताए । ‘अहिलेको जे समाज छ, यही कुरा ठिक छ, यही नै समाज विकास हो, यही स्वर्ग हो, यसमै बसेर लुटपाट गर्नुपर्छ भन्नेछन् । यसमा खण्डन गर्नुपर्छ । यसबाट समाजको अग्रगति सम्भव छैन’, उनले भने, ‘तेस्रो धारा दक्षिणपन्थी अवसरवादी धारा छ, भन्न चाहिँ आफूलाई क्रान्तिकारी धारा भन्छ, तर यथार्थमा दक्षिणपन्थी अवसरवादी धारा छ, त्यसले जबज भन्छ, त्यो जबज भनेको पनि पुँजीवादी जनवाद नै हो । त्यसले पुर्याउने ठाउँ पनि पुँजीवादी यथास्थितिवाद नै हो । त्यसैले दक्षिणपन्थी अवसरवादी धारासँग पनि वैचारिक संघर्षहरु गर्नुपर्छ ।’ सम्मानित नेता खनालले नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु अर्को चुनावमा पहिलो विद्यार्थी पार्टी बन्ने दाबी गर्नुभयो ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google