जसपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न

दर्पण दैनिक २२ मंसिर २०८०,०६:२३
post

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय तीनदिवसीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको श्रीलंका गेष्टहाउसमा आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ्गलगायतका नेता तथा विषय विज्ञहरुले प्रशिक्षण दिए ।

अध्यक्ष यादवले पार्टीको आदर्श, सामाजिक न्याय, सुशासन र समाजवादबारे प्रशिक्षण दिएको पार्टीका लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादवले जानकारी दिए । त्यसैगरी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले संघवादका आधारभूत सिद्धान्त र समाजवादको नेपाली बाटोको विषयमा प्रशिक्षण दिए ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ्गले पार्टीको विधान र विधानले निर्दिष्ट गरेका सिद्धान्तका बारेमा प्रशिक्षण दिए । प्रदेश अन्तर्गतका केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति, प्रदेश समिति, पहिचानका राष्ट्रिय समिति, जिल्ला समिति, भ्रातृसंगठनका प्रतिनिधि गरी करिब एक सय पच्चिस जना सहभागी रहेका थिए ।

पार्टीका नेताका साथै डा. पुष्पराज राजकर्णिकार, अर्जुन थापा, मनिकर कार्कीलगायतका विषय विज्ञहरुले पनि प्रशिक्षण दिएको बताइएको छ ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: