काठमाडाैं । बालकुमारी घटनाबारे श्रम मन्त्रालय र भौतिकमन्त्रीको भूमिकाबारे पनि छानबिन गर्न गर्न राज्य व्यवस्था समितिले निर्देशन दिएको छ । सोमबार बिहान बसेको समितिको बैठकले बालकुमारी घटनाका सम्बन्धमा श्रम मन्त्रालय र भौतिक, पूर्वाधार तथा यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न गर्न राज्य व्यवस्था समितिले निर्देशन दिएको हो ।
साथै, समितिको बैठकले घटनामा ज्यान गुमाएका दुई युवाको परिवारलाई थप क्षतिपूर्ति, दुवै परिवारलाई रोजगारीका अवसर प्रदान गर्न सरकारलाई आग्रह गरेको छ । घटनामा साना कर्मचारी मात्र निलम्बनमा पर्ने, तर अरू उम्कने, काम गर्नेहरूको मनोबल गिर्न नदिने गरी समस्याको समाधान गर्न समितिले निर्देशन दिएको छ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google