प्रचण्डको पछि लाग्नु गलत छ, भनेर मैले उहिल्यै भनेको थिएँ आज पुष्टि भयो : भुपेन्द्रजंग शाही

दर्पण दैनिक २२ फाल्गुन २०८०,२०:११
post

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले सभापति र पदाधिकारीहरुको सहमतिमा महासमितिको बैठकले यहि गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्नु गलत हो भनेर आफूले भनेको कुरा आज आएर पुष्टि भएको बताएका छन् । दर्पण दैनिकसँग कुरागर्दै नेता शाहीले नेपाली कांग्रेसको नेतृत्वले कांग्रेसका नेताहरुलाई पाखा लगाएर प्रचण्डलाइ काखा गर्नु गलत सावित भएको बताएका हुन् । उनले भने, ‘प्रचण्डको पछि लाग्नु गलत छ, भनेर मैले उति बेलै भनेको थिएँ आज पुष्टि भयो । मैले जे कुरा भनेको थिए आखिर त्यहि भयो ।’

उनले भने, ‘माओवादी गठबन्धन छोड्न सक्छ भन्ने अलिकति पनि अनुमान नगरेर महासमितिबाट पाँच वर्ष यहीं गठबन्धनलाई निरनरता दिने निणय गर्नु कांग्रेसका पदाधिकारीहरुको ठुलो भ्रम थियो  ।’

सत्ताको लोभमा पार्टीलाइ प्रचण्डको जालझेलमा पार्नु गलत सिद्ध भएको उनको भनाइ छ । कांग्रेसमा बसेर प्रचण्डको भजन गाएर नेता हुन खोज्नेहरुले अब महसुस गर्नु पर्ने उनले बताए । 

प्रचण्ड सत्ताको लागि पतित पात्र बनेर राजनितिमा उदायको नेता शाहीले आरोप लगाए । उनले भने, ‘प्रचण्डको यो छेपारो प्रवृतिको पराकाष्ठा हो । उनले नैतिक मुल्य मान्यताको खिल्लि उडाएका छन् । उनी हास्यास्पद पात्र मात्र होइन जोकर सावित भएका छन् ।’


केपी शर्मा ओली पनि सत्ताको लागि र्याल चुहाउने र  कुर्सीको लागि जुनसुकै हर्कत गर्छन भन्ने पुष्टि भएको नेता शाहीले उल्लेख गरे । ओलीका चर्का भाषण र अडान सबै नक्कली हुन भन्ने साबित एको नेता शाहीले बताए । उनले भने, ‘एमाले प्रचण्डको जुठो खान तयार हुनु गलत हो ।’


नेपाली कांग्रेसका नेताहरुले अब प्रचडको आश गरेर होइन आफ्नै ताकतमा अगाडि बढ्ने गरि संगठन निमाणमा लाग्नु पर्नेमा नेता शाहीले जोड दिए । उनले भने, ‘कांग्रेसले अब प्रचण्डको छलछममा परेर सत्ताको लागि घुडा टेक्ने गरि होइन् जनता र राष्ट्र केन्द्रीत अभियानमा जुट्नु पर्छ ।’

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्ड एमालेतिर लागेपछि देशको राजनीतिले फरक मोड लिएको छ ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: