काठमाडौंकाे आन्दोलनमा घाइते भएका राप्रपा नेता डाँगीको मृत्यु

दर्पण दैनिक ३ बैशाख २०८१,११:५२
post

काठमाडौं । । झन्डै एकसाता अघि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ४० बुँदे माग राखेर काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको सोमबार मृत्यु भएको छ । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको सोमबार बिहान उपचारको क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

श्वासप्रश्वासको समस्याबाट पीडित डाँगी प्रहरीले चैत २७ गते गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने लगायत विभिन्न ४० बुँदे माग राखेर गरेको आन्दोलनमा आन्दोलनकारीलाई हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसको असरले डाँगीको स्वास्थ्य बिग्रिएको थियो । 

त्यसपछि अस्पताल भर्ना भएका डाँगीको निधन भएको हो । डाँगीको पार्थिव शरीरलाई आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने राप्रपाले जनाएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९