काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले २०६२/६३ को आन्दोलनपछिको गणतन्त्रयताका सबै उच्च पदस्थहरुको सम्पत्ति छानबिन गर्न प्रस्ताव गरेका छन् ।
चार दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार आफ्ना भनाइ राख्ने क्रममा प्रतिनिधिसभाका सांसद समेत रहेका पौडेलले कांग्रेस अब द्विविधामा बाँच्न नहुने पनि बताए ।
‘कांग्रेस भ्रष्टाचारविरुद्ध कठोर हुनैपर्छ । यो भावनाको विषय होइन नैतिक प्रश्न पनि हो’, उनले भने, ‘अहिले आएका जति पनि अनियमितताका घटना छन्, कांग्रेसले छानबिनमा सघाउनु पर्छ ।’
पौडेलले गणतन्त्र प्राप्तिपछिका सबैजसो भ्रष्टाचारको छानबिन हुनुपर्ने कुरा पनि बैठकमा राखेका छन् । ‘गणतन्त्र प्राप्तिपछिका जति पनि भ्रष्टाचार छन्, ती सबैको छानबिन गरौँ’, उनले भने, ‘गणतन्त्रयताका सबै उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने गरी कांग्रेस अघि जाओस् ।’
पौडेलले अहिले कांग्रेस बडो दोधारमा रहेको पनि बताएका छन्। सरकारले भ्रष्टाचारको छानबिन गरिरहँदा समर्थन पनि गर्न नसक्ने र विरोधमा पनि उत्रिन नसक्ने द्विविधा रहेको उल्लेख गरे ।
‘अहिले भएका भ्रष्टाचार र अनियमितताका घटना छानबिन भइरहँदा हामी समर्थन गर्न पनि सक्दैनौँ, बाहिरिन पनि सक्दैनौँ। यो त हदैसम्मको सत्तालिप्सा हो’, उनले भने, ‘भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा हामीले काम गर्न सक्नुपर्छ। अनि मात्रै हामी यही एजेन्डालाई लिएर २०८४ को चुनावमा जान सक्छौँ ।’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google