त्रिविकाे सुरक्षाबारे अफवाह फैलाइयो : नेविसंघ

दर्पण दैनिक ६ भाद्र २०८१,१३:२८
post

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयमा कृत्रिम सुरक्षा थ्रेट सिर्जना गरी अफवाह फैलाइएको बताएको छ । नेविसंघ त्रिवि समितिका अध्यक्ष विष्णु बडैलाले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयका पदाधिकारीहरूले त्रिवि परिसरमा कृत्रिम सुरक्षा थ्रेट सृजना गरी अफवाह फैलाएको भन्दै उक्त घटनालाई नेविसंघले नजिकबाट नियालिरहेको बताए ।

अमुक आयातित पात्रलाई समाजशास्त्र केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गर्न यस्तो प्रपञ्च रचिएको नेविसंघको ठहर छ । विद्यार्थी तर्सिने गरी बन्दुकधारी प्रहरी विश्वविद्यालयमा परिचालन गरी आतंक मच्चाउनु लज्जास्पद भएको बडैलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट विभागीय प्रमुख नियुक्त गर्नुपर्नेमा कृत्रिम सुरक्षा थ्रेट देखाएर झुटको खेती गर्ने त्रिविका पदाधिकारीहरूलाई कारबाही गर्नुको साटो शिक्षामन्त्रीले उल्टै गलत सूचना सामाजिक सञ्जालमा राखेको विज्ञप्तिमा जनाइएको छ ।

विश्वविद्यालयभित्र कुनै पनि प्रकारको सुरक्षा चुनौती नभएको स्वयम् नेपाल प्रहरीले नै पुष्टि गरिसकेको जनाइएको र यस्तो अवस्थामा नैतिकताको आधारमा विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा किन नगर्ने ? भन्दै बडैलाले प्रश्न गरेका छन् ।

उपकुलपति प्राडा केशरजंग बराल विगत १५ दिनदेखि डेंगु सङ्क्रमणले घरबाटै विश्वविद्यालय सञ्चालन गर्ने तर असुरक्षाको आरोप नेविसंघलाई लगाउनु गलत भएको उनले जनाएका छन् । 

बिना प्रमाण नेविसंघलाई बदनाम गराउन उद्धत विश्वविद्यालय पदाधिकारीलाई अविलम्ब झुट्टा आरोप फिर्ता लिन उनले आग्रह गरेका छन् । त्यस्तो नगरेको खण्डमा आन्दोलन गर्ने चेतावनी समेत नेविसंघले दिएको छ । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: