काठमाडौँ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको चलखेलबारे छानबिन गर्न विशेष संसदीय समिति गठन भएको छ । सभामुख देवराज घिमिरेले सोमबार प्रतिनिभिसभाको बैठकमा समिति गठनको प्रस्ताव गरेका हुन् । समितिलाई २१ दिनको समय दिइएको छ ।
समितिमा नेपाली कांग्रेसले जीवन परियार र शुशिला थिङलाई समितिमा पठाएको छ । नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा रहेका छन् ।
त्यस्तै माओवादी केन्द्रले सांसद माधव सापकोटालाई समितिमा पठाएको छ । त्यसैगरि रास्वपाबाट गणेश पराजुली, राप्रपाबाट रोशन कार्की रहेका छन् ।शनिबार सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग गरेको बैठकमा विशेष समिति गठन गर्ने सहमति भएको थियो ।
सभामुखको प्रस्ताव सभाबाट सर्वसम्मतीले पारित भएको छ । यसअघि समितिलाई १५ दिनको समय दिन सहमति भएको भए पनि केही बढाएर २१ दिन पुर्याइएको हो । समितिको नेतृत्व नेपाली कांग्रेसका सांसदले गर्नेछन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google