काठमाडाैँ । पूर्व आईजीपी सर्वेन्द्र खनालले एमाले छाडेका छन् । आज बिहान फेसबुकमा स्टाटस लेख्दै खनालले आफू कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको बताएका छन् । खनालले आफू स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानमा काम गरिरहेको पनि बताएका छन् । उनले देश र समाजको हितका लागि सक्दो काम गरिरहने पनि बताएका छन् ।
'हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन,' उनले लेखेका छन्, 'म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु । म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैँ सक्दो कार्यहरू गरिरहने छु ।'
२०७४ देखि २०७६ सम्म प्रहरी प्रमुख रहेका खनाल २०७९ मा एमाले प्रवेश गरेका थिए । त्यसपछि उनी काठमाडौं-६ बाट एमाले उम्मेदवार भएर प्रतिनिधिसभाको चुनावमा होमिएका थिए । पछि तनहुँ- १ मा भएको उपचुनावमा पनि खनाल उम्मेदवार भएका थिए । काठमाडौंमा रास्वपाका शिशिर खनालसँग पराजित भएका सर्वेन्द्र तनहुँमा स्वर्णिम वाग्लेसँग पराजित भए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google