काठमाडौं । नेकपा एमालेसम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) बुढानिलकण्ठ नगर कमिटीको अध्यक्ष ज्ञानु कार्की थापा निर्वाचित भएकी छन् । प्रथम नगर सम्मेलनबाट ज्ञानु कार्की थापाको अध्यक्षतामा नयाँ कमिटी चयन भएको हो ।
बुढानिलकण्ठ नगर कमिटीको उपाध्यक्षमा मुना महर्जन, सचिवमा साबित्रा, र कोषाध्यक्षमा जयन्ती चौलागाईं निर्वाचित भएका छन् ।