काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिको सिडिकेन्ट बन्दै गएको बताएका छन् । पार्टी मुख्य कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले पदाधिकारी र कार्यसम्पादन समितिको नाममा केन्द्रीय समितिको ओज घटाउने काम भइरहेको बताए । उनले पार्टीको विधान कार्यान्वयन पनि नभएको बताए । विधान कार्यान्वयनका लागि पुनःसंकल्प प्रस्ताव पारित हुनुपर्ने उनको माग छ ।
महरले गठबन्धन गरेर बहुमत आउने भनिए पनि नतिजा सन्तोषजक नआएको बताए । साथै अर्को चुनावमा कसैको वैशाखी नटेकी लड्ने पार्टी बनाउनुपर्ने उनको धारणा छ । महरले निर्वाचन प्रणाली र संविधानको विषयमा विभिन्न प्रश्न उठिरहेको भन्दै यसतर्फ पनि पार्टीले ध्यान दिनुपर्नेमा जोड दिए ।
'निर्वाचन प्रणाली खर्चिलो भएको हो कि भन्ने छ । संविधान संशोधन गरेर निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ भने छलफल हुनुपर्छ र यो काम कांग्रेसले गर्नुपर्छ,' उनले थपे । साथै उनले कार्यसम्पादनमा रहेका नेताहरूलाई विभागको जिम्मेवारी दिन नहुनेमा जोड दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google