यातायात व्यवस्था विभागलाई नेविसंघले बुझायो ज्ञापनपत्र

दर्पण दैनिक २३ भाद्र २०८१,२०:२९
post

कठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले यातायात व्यवस्था विभागलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको छ । आइतबार विभागमै पुगेर नेविसंघका नेता नारायण पाण्डेको नेतृत्वमा पुगेको टोलीले विभागका अधिकारीहरुलाई ज्ञापनपत्र बुझाएका हुन् । पत्रमा करिब २३ लाख सेवाग्राहीको नछापिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्ट गर्न, बारम्बर सर्भरमा आउने समस्या हटाउन र नक्कली लाइसेन्सबारे छानबिन गर्न माग लगायत विषय समेटिएका छन् ।

६ महिनाको अवधिमा करिब ३० हजार अवैध लाइसेन्स विभागको सिस्टममा प्रविष्ट गरिएको विषयमा यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्न पत्रमार्फत नेविसंघले माग गरेको छ ।


नक्कली लाइसेन्सको विवरण राख्न सरकारी निकायको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टममा विचौलियालाई कसले पहुँच गर्न दियो भन्दै पत्रमा प्रश्न गरिएको छ । यसबाहेक कानुनी व्यवस्थाहरु कार्यान्वयन हुन नसकेकोदेखि अनलाइनबाटै नविकरण, मेडकल तथा राजस्व तिर्ने व्यवस्था मिलाउन समेत नेविसंघले मा गरेको छ ।

“बायोमेट्रिककर्ता र लाइसेन्स लिखित परीक्षाको लाइन ब्यबस्थित गरियोस। एक जना सेवाग्राही १५ मिनेट भन्दा बढी लाइन बस्नु पर्ने बाध्यात्मक परिस्थिको अन्त्य गर्न तत्काल पहल गरियोस,” नेविसंघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: