रास्वपा सभापतिले भेटे प्रधानमन्त्री प्रचण्डलाई

दर्पण दैनिक १५ माघ २०७९,२२:१२
post

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पुन: नेपाली नागरिकता लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन: चयन भएका रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । 

सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार फैसला सुनाउँदै लामिछानेले अमेरिकि राहदानी तथा नागरिकता त्यागेपछि नेपाली नागरिकता पुन: प्राप्तीको प्रक्रिया पूरा गरेको नदेखिएको ठहर गरेको थियो । सर्वोच्चको उक्त फैसलापछि लामिछानेको उपप्रधानमन्त्री, गृहमन्त्री, प्रतिनिधि सभा सदस्य र पार्टी सभापति पद गुमेको थियो । 

सर्वोच्चको फैसलापछि लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आफूले अमेरिकी राहदानी तथा नागरिकता त्यागेको निस्सा पेस गर्दै नेपाली नागरिकताको प्रमाणपत्र पुन: प्राप्त गरेका थिए ।

लामिछानेले पुन: नागरिकता लिएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले उनलाई पुन: सभापति चयन गर्ने निर्णय गरेको थियो । रास्वपाको बैठकले यसअघि लामिछानेले सम्हाल्दै आएको गृह मन्त्रालय नछाड्ने निर्णय गरेको थियो । पार्टीको सोही निर्णयबारे जानकारी गराउन र अन्य विषयमा छलफलका लागि लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९