साउन महिनाभरि लागेको ‘मत्स्यनारायण मेला’ आजबाट सकिँदै

दर्पण दैनिक ३१ श्रावण २०८०,०९:५०
post

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा साउन महिनाभरि लागेको ‘मत्स्यनारायण मेला’ आज सकिँदै छ । तर, झण्डै तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र लाग्ने मत्स्यनारायण मेलाको औपचारिक समापन भने भदौ १ गते हुने छ ।

बुधबारबाटै मलमास पनि सकिन्छ । मेला अवधिभर धेरै भक्तजनले मत्स्यनारायण मन्दिरमा पूजा आराधना र दर्शन गरेका छन् । दिन आज पनि मन्दिरमा बिहानैबाट दर्शनार्थी भक्तजनको भीड लागेको छ । पुरुषोत्तममास अर्थात् मलमासमा अरु कुनै शुभकार्य तथा देवकार्य गर्ने गरिँदैन ।

तर,मलमास अवधिभर कीर्तिपुरबाट चार किलोमिटर मात्रै दक्षिणमा पर्ने मत्स्यनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ। पृथ्वीको सुरुवात सँगै विष्णुरनारायणले सोही स्थानमा रहेको कुण्डमा मत्स्य रूप धारणपछि दिव्यस्वरुपको दर्शन दिएको मत्सयपुराण लगायतका धार्मिक शास्त्रमा उल्लेख छ ।

मत्स्यनारायणलाई गच्छेनारायण पनि भनिने प्रचलन रहेको पाइन्छ । चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् र यस वर्ष पनि हजारौँको संख्यामा भक्तजनहरू मत्स्यनारायण मन्दिरमा नारायणको पूजा आराधना र दर्शन गर्न पुगेका छन् ।

मत्स्यनारायण मन्दिरमा सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गधा र पद्म लिएको मूर्ति छ । विष्णुले दस अवतार लिंदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । मेलामा गई दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धार्मिक मान्यता रहिआएको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: