काठमाडाैँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति) को राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा नयाँ युगको नयाँ कार्यभार कांग्रेस र कम्युनिस्टबाट पूरा हुन नसक्ने उल्लेख गरिएको छ । प्रतिवेदनमा नेपाली कांग्रेसलाई उदारवादी लोकतान्त्रिक धारमा वर्गीकरण गरिएको छ ।
‘व्यक्तिको निजी स्वतन्त्रतालाई प्रधानता दिने र पुँजीवादी खुला बजार अर्थतन्त्रको पैरवी गर्ने उदारवादी लोकतान्त्रिक धारको मुख्य प्रतिनिधि नेपाली कांग्रेस हो । प्रजातान्त्रिक समाजवादको कुरा गरेर २००७ सालदेखिको लोकतान्त्रिक आन्दोलनसँग जोडिएको र विभिन्न राजनीतिक प्रवृत्तिका व्यक्ति र समुदायहरू पनि जोडिँदै आएकाले यसको देशभर उल्लेख्य आधार छ,’ प्रतिवेदनमा भनिएको छ, ‘परन्तु यसले बीपी कोइरालाको समययता वैचारिक, राजनीतिक, कार्यक्रमिक ढंगले खासै प्रगति र नयाँपन प्रदर्शन गर्न सकेको छैन ।’
पटकपटक सत्ताको नेतृत्व गर्दा पनि देशका राजनीतिक, आर्थिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा गुणात्मक रूपान्तरण गर्न नसकेको आरोप प्रतिवेदनमा छ । कांग्रेसका नेताहरू भ्रष्टाचारमा जोडिने गरेको उल्लेख गरिएको छ । ‘बरु यसका नेताहरू सधैँ कुनै न कुनै भ्रष्टाचार र अनियमिततासँग जोडिने गरेका छन् । देशका गम्भीर प्रकृतिका अर्थ राजनीतिक समस्या र नयाँ युगको नयाँ कार्यभार यो ऐतिहासिक रूपले पुरानो भइसकेको राजनीतिक धार र शक्तिबाट पूरा हुन असम्भव छ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा साम्यवादी धारमा नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलहरूलाई राखिएको छ । ‘एमाले, माके लगायत ‘नेपाल कम्युनिस्ट पार्टी’ का विभिन्न समूहहरूले प्रतिनिधित्व गर्ने साम्यवादी धारको प्रभाव देशभर उल्लेख्य रूपमा छ । पहिले निरंकुश पंचायती राजतन्त्र विरोधी आन्दोलन र पछि मुख्यतः दशवर्षे सशस्त्र जनयुद्ध र संयुक्त जनआन्दोलन मार्फत नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले यो धारको प्रभाव रहनु स्वाभाविक छ,’ प्रतिवेदनमा भनिएको छ ।
कम्युनिस्ट पार्टीका उच्च तहका नेता अनियमिततामा मुछिएका कारण कांग्रेस र कम्युनिस्टमा फरक नपाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘परन्तु पटकपटक सत्ताको नेतृत्व गरे पनि यो धारको नेतृत्वले देशका गम्भीर संरचनात्मक समस्या समाधान गर्न नसक्नु, भनाइ र गराइमा कुनै तादात्म्य नरहनु, यीनका नेता र उच्चतहका कार्यकर्ताहरू विभिन्न भ्रष्टाचार, अनियमिततामा मुछिनु आदि कारणले आम जनताले कांग्रेस र कम्युनिस्टमा कुनै फरक महसुस गर्न सकिरहेका छैनन्,’ प्रतिवेदनमा भनिएको छ, ‘बलिदानीपूर्ण जनयुद्धको जगमा बनेको माकेको मूल नेतृत्व झन् तीव्र गतिमा भ्रष्टाचार, अनियमितता, शक्तिकेन्द्रहरूको दलाली र वर्ग–उत्थानीकरणको दलदलमा फसेकाले एमाले र माकेबीचमा कुनै तात्विक अन्तर छैन ।’
एकदलीय कम्युनिस्ट सत्ता सबैतिर ढल्दै गएको, संसदीय कम्युनिस्टहरू सबै देशमा कमजोर बन्दै गएको स्थितिमा त्यसका वैचारिक–राजनीतिक–सांगठनिक व्यावहारिक कारणहरूको वस्तुसंगत निराकरण नगरी पुरानै ढाँचामा कम्युनिस्ट पार्टीहरू नेपालमा मात्रै लामो समय टिक्ने अपेक्षा गर्न नसकिने प्रतिवेदनमा उल्लेख छ । ‘तत्कालको ठोस सन्दर्भमा नेपालको मुख्य आवश्यकता रहेको तीव्र आर्थिक रुपान्तरण र नयाँ पुस्ताको अक्कासिएको आकांक्षाको पूर्ति जुनसुकै ब्राण्डका कम्युनिस्टहरूबाट पनि पूरा हुनसक्ने देखिन्न,’ प्रतिवेदनमा भनिएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google