
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेबाट मतदान सुरु हुने भनिए पनि करिब डेढ घण्टा ढिला गरी मतदान सुरु भएको हो ।
अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मत हालेर मतदान सुरु गरेका हुन्। यसअघि मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै स्थगित गरिएको थियो ।
अहिले बिहान पनि मतदानस्थलमा पुग्न ओलीले ढिला गरेपछि मतदानस्थलमा प्रतिनिधिहरू लाइन लागेर पर्खिएका थिए । मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन् । महाधिवेशनमा देशभरबाट आएका २२६३ प्रतिनिधिले मतदान गर्ने छन् । अध्यक्षका प्रत्यासी ओली र पोखरेलले प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् । दुवै पक्षले आ-आफ्नो प्यानलको सूची बनाएर प्रतिनिधिहरूलाई बाँडेका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)





































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google