
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) किरण राउत २०८३ साल असार महिनाको 'उत्कृष्ट ट्राफिक प्रहरी' (Traffic Police of the Month) घोषित भएका छन् ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, सेवामुखी तथा प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याएबापत उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।
कार्यालयका अनुसार निरीक्षक राउतले 'कन्टेन्ट क्रिएसन', सोसल मिडिया ह्यान्डलिङ, अपरेसनल म्यानेजमेन्ट, कार्ययोजना निर्माण तथा कार्यान्वयनका साथै नागरिकका गुनासो व्यवस्थापनमा उत्कृष्ट कार्य गर्दै आएका छन् । त्यसैगरी, सडकमा देखिने विविध ट्राफिक समस्या र चुनौतीहरूलाई समन्वयात्मक र परिणाममुखी ढङ्गले समाधान गर्न उनले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरिएको छ ।
आफूलाई दिइएको जिम्मेवारी अनुशासित, पारदर्शी र त्रुटिरहित रूपमा सम्पादन गरी ट्राफिक सचेतना अभिवृद्धि र सेवाग्राहीप्रति उत्तरदायी व्यवहार प्रदर्शन गरेको भन्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश प्रसाद काफ्लेले उनलाई 'ट्राफिक पुलिस अफ द मन्थ'को प्रमाणपत्र प्रदान गरेका हुन् ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)



































































































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)



























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google