यी हुन् जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णयहरु

दर्पण दैनिक २६ मंसिर २०८०,०६:१५
post

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको सोमबार बसेको बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निधारित समयमै दल दर्ता गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने निर्णय गरेको छ ।

यसका साथै, कार्यकारिणी समितिको बैठकले यही पुस २५, २६ गते पार्टीको राजनीतिक समिति र २७ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ ।  त्यस्तै एनसेल खरिद बिक्री प्रक्रिया रोकी उक्त घटनाको छानबिन गर्न र दोषीउपर कारबाही गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

त्यसैगरी चुरे उत्खनन् तथा गिट्टी बालुवा निकासी पैठारीसम्बन्धि सरकारले तयार पारेको विधेयक फिर्ता लिन सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।

जसपा नेपालले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्दै उक्त अभियानलाई पुस मसान्तसम्म थप प्रभावकारी ढङ्गले निरन्तरता दिने निर्णय गरेको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा सातै प्रदेश समितिका इन्चार्ज सदस्य रहने गरी ८ सदस्यीय एक कार्यदल गठन भएको छ ।
उक्त कार्यदलले पार्टीको केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटको लागि प्रस्ताव तयार पार्ने कार्य गर्ने छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्दै जसपा नेपालले यसबीच सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षण अभियान प्रभावकारी रहेको निष्कर्ष समेत निकालेको छ । साथै केन्द्रीय कार्यालय सचिवको रुपमा राजनीतिक समिति सदस्य पेशल ढकाललाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: