शिक्षकहरुका जायज माग सम्बोधन गर्न ६ विद्यार्थी संगठनकाे माग

दर्पण दैनिक ५ आश्विन २०८०,१४:१९
post

काठमाडौं । विभिन्न राजनीतिक दल निकट छ विद्यार्थी संगठनले शिक्षकहरुले सडक आन्दोलनमा उत्रिनुपर्ने परिस्थिति निर्माण हुनु दुः खद् भएको बताएका छन् । आज (शुक्रबार) संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै उनीहरुले भविष्यमासमस्या नआउने गरी शिक्षकहरुको जायज माग सम्बोधन गर्न र तत्तकाल विद्यालय सञ्चालन हुने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकार्षण गराएका हुन् ।

संयुक्त विद्यार्थी संगठनको अनिवार्य सहभागितामा तत्काल सर्वपक्षीय वार्ता, छलफल र संवाद मार्फत आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न विज्ञप्तिमा भनिएको छ । उनीहरुले शिक्षक महासङ्घलाई पनि सरकारले बोलाएको वार्तामा बसी समस्या समाधानको बाटो पहिल्याउन आग्रह गरेका छन् । साथै, छ विद्यार्थी संगठनहरुले नेपालको शिक्षा क्षेत्र विभिन्न स्वार्थ समूहको प्रभावमा छ भन्ने गम्भीर संशय पैदा भएको बताएका छन् ।

‘विद्यालय शिक्षा विधेयक, २०८० सङ्घीय संसद्मा दर्ता हुनु अगावै विद्यालय शिक्षा विधेयक नामक एक अनौपचारिक विधेयक सामाजिक सञ्जालको सतहमा आएको र उक्त सतहमा आएको विधेयकमा भएका केही महत्वपूर्ण व्यवस्थाहरू हाल दर्ता विधेयकमा समावेश नभएको सन्दर्भमा नेपालको शिक्षा क्षेत्र विभिन्न स्वार्थ समूहको प्रभावमा छ भन्ने गम्भीर संशय पैदा भएको छ,’– नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूकी अध्यक्ष आरती लामा, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सी, समाजवादी विद्यार्थी युनियन, नेपालका अध्यक्ष रमेश यादव र अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: