काठमाडौँ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शिक्षा विधेयकमा नै शिक्षकदेखि मन्त्रीसम्मका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था ल्याउन जरुरी रहेको बताएका छन् । आइतबार शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमा आफ्ना कुराहरू राख्दै नेविसंघका अध्यक्ष शेर्पाले विधेयकमा नै यस्तो व्यवस्था ल्याउन जरुरी रहेको बताएका हुन् ।
अध्यक्ष शेर्पाले सरकारले अस्थायी र करार शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने गरी सम्झौताले शिक्षकहरूको गुणस्तरमाथि प्रश्न उठ्ने बताए । शेर्पाले भने, ‘शिक्षा पेसाप्रति घट्दै गएको आकर्षण लाई कसरी बढाउने त्यसमा ध्यान दिनुपर्छ । विधेयकबाटै शिक्षक कर्मचारी, जनप्रतिनिधि, नगरप्रमुख, माननीय सांसददेखि मन्त्रीसम्मका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्नुपर्छ । राज्यको तलब सुविधा लिएकाले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउन अनिवार्य गर्न भोलिको दिनमा हुने बढुवा अथवा अन्य क्षेत्रका सेवामा कटौती गर्नुपर्ने व्यवस्था गर्नुपर्छ ।’
अनिवार्य रूपमा आईटीलाई पनि जोड दिनुपर्ने उल्लेख गर्दै बालबालिकालाई ठूलो झोला बोकाएर विद्यालय पठाउने परिपाटी रूपान्तरण गर्नु जरुरी रहेको बताए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google