राष्ट्रपतिमा मत माग्न पुगेका रामचन्द्र पौडेललाई के भने लिङदेनले ?

दर्पण दैनिक २२ फाल्गुन २०७९,२०:२२
post

काठमाडौं । सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेलले आफूलाई सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आग्रह गरेका छन् । सत्ता गठबन्धनका नेताहरुसहित राप्रपाको कार्यालयमा पुगेर पौडेलले आफू लोकतन्त्रको रक्षाका लागि राष्ट्रपतिको उम्मेदवार बनेको भन्दै सहयोगको आग्रह गरेका थिए ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार जवाफमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपति चुनावका बारेमा पार्टीमा छलफल गरेर निर्णय गर्ने बताए । ‘२४ गते पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छौं,’ लिङदेनलाई उदृत गर्दै उनले भने, ‘राष्ट्रपति चुनावमा के गर्ने भनेर त्यही बैठकले निर्णय गर्ने छ ।’

कांग्रेस उम्मेदवार पौडेललाई नेकपा माओवादी केन्द्रसहितका १० दलको समर्थन छ । राप्रपाको कार्यालयमा पौडेलसहित माओवादी नेता शक्ति बस्नेत, लोसपाका नेता शरतसिंह भण्डारी लगाएत पुगेका थिए ।

नेकपा एमालेबाट भने सुवासचन्द्र नेम्बाङ उम्मेदवार बनेका छन् । राप्रपाले राष्ट्रपति चुनावमा के गर्ने भन्ने बारेमा अझै निर्णय गरिसकेको छैन ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: