पूर्वराजालाई दुर्गा प्रसाइँले दिए यस्तो चेतावनी

दर्पण दैनिक २१ फाल्गुन २०७९,०७:०७

शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गरेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन् । यसअघि उनका समर्थकहरुले राजा आऊ, देश बचाऊ लगायतका नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका थिए । तर प्रसाईले

post

काठमाडौ । राजासहितको हिन्दू राज्यका लागि अभियान सञ्चालन गर्दै आएका व्यवसायी दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्रप्रति आक्रोश व्यक्त गरेका छन् । शनिबार काठमाडौंको बानेश्वरमा भएको प्रदर्शनमा पूर्व राजपरिवारका कोही उपस्थित नभएपछि आक्रोश व्यक्त गरेका हुन् । 

कार्यक्रममा उनले  ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गरे । शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गरेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन् । यसअघि उनका समर्थकहरुले राजा आऊ, देश बचाऊ लगायतका नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका थिए । तर प्रसाईले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरे ।

उनले गद्दीमा फर्कन मन भएको भए पूर्वराजा शाह र उनका परिवारका सदस्यहरु पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने सर्त राखेका छन् । प्रसाईले आफू पूर्वराजा शाहलाई देखाएर सांसद हुने खालको मान्छे नभएको पनि पटकपटक दोहोर्याए । 

उनले भने, ‘म तपाईंहरुलाई राजतन्त्र जिन्दावाद नभन्न आग्रह गर्दछु । किनभने राजतन्त्र चाहिनका लागि त उहाँहरु पनि आन्दोलनमा आउनुपर्यो नि । हामीसँगै आउनु पर्यो । भिडनुपर्यो । हामीलाई साथ दिनुपर्यो । राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईँ । म राजा देखाएर सांसद बनेर जान्न् ।’

माओवादी छाडेर एमाले प्रवेश गरेका प्रसाईले हाल सो पार्टी पनि परित्याग गरी राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान सञ्चालन गर्ने भन्दै काठमाडौंमा आन्दोलनको कार्यक्रम सुरु गरेका हुन् । आफूले व्यवसाय गरिखाने र रोजगारीको अवसर सृजना गर्ने बाटो राज्यले बन्द गरेपछि आन्दोलन गर्न बाध्य हुनुपरेको उनको भनाई थियो ।

हिजो पहाडमा घोडा चढेर हिँड्ने सामन्तीहरूले अहिले सहर पसेर बैंक खोजेको उनको आरोप थियो । उनले भने, ‘सामन्तीहरूले बैंकको नाममा सबैको पैसा लुट्दैछन् । मान्छेको घरजग्गा लिलाम गर्दैछन् । पहाडमा घोडा चढेर हिँड्ने सामन्तीहरू, तीन रुपैयाँ ब्याजमा पैसा लगाउने सामन्तीहरू आज बैंकको नाममा सहरमा छिरेका छन् । लघुवित्त र सहकारीका नाममा गाउँमा छिरेका छन् ।’ बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूलाई कारबाही गर्न पार्टीभित्र आवाज उठाउँदा आफू कारबाही परेको पनि उनले बताए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९