काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा सहकारीको रकम जम्मा भएको भन्ने कान्तिपुर दैनिकको समाचारको खण्डन गरेका छन् । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले आफ्नो खातामा जम्मा भएको भनिएको एक करोड ८० लाख रुपैयाँ बैंकको भौचर अनुसारअनुसारको रकम जम्मा नभएको बताएका हुन् ।
कान्तिपुर दैनिकले साेमबारकाे प्रथम प्रष्टमा सहकारी ठगीकाे रकमबाट खुलेकाे ग्यालेक्सी टेलिभिजनकाे १५ प्रतिशत सेयर बिक्रि गरेर १ कराेड ८० लाख रुपैयाँ बुझेको समाचार प्रकाशित गरेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google