बिहे-पार्टीमा आउन नसक्ने जानकारी दिंदै तोसिमाले लेखिन् - मंगलबार पुनः जाजरकोट जाँदै छु

दर्पण दैनिक २५ मंसिर २०८०,१६:१९
post

काठमाडाैं । रास्वपा सांसद तोसिमा कार्की मंगलबार पुनः जाजरकोट जाने भएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सो जानकारी दिएकी हुन् । मंसिर महिनामा आफूलाई धेरैले बिहेमा निम्तो दिएको, तरलगभग कुनैमा पनि पुग्न नसकेको भन्दै उनले मन नदुखाउन आग्रह गरेकी छिन् । जाजरकोटबाट फर्किएपछि ३–४ दिनमा ललितपुरका चुनिखेल, ठेचो, हरिसिद्दी, सुनाकोठी, नखिपोटमा स्थानीयमाझ पुगेको र २–३ वटा महत्वपूर्ण बैठक, कार्यक्रम र खबरदारी गरेको उनले जानकारी दिएकी छिन् । 

‘माफ गर्नुहोला, धेरै बिहेको निम्तोका कार्डहरु थाती राखेर भोलि बिहानै फेरि जाजरकोट जाँदै छु, केही थप तयारीका साथ,’ उनले लेखेकी छिन्, ‘हामीले त्यत्रो भोट देको, जिताको, तर बिहेमा पार्टीमा बोलायो कहिल्यै आउँदिन साह्रै ठूली भई नभन्नुहोला है ! मेरो शुभकामना सधैँ छ्र ।

 

उनले सामाजिक संञ्जालमा लेखेकी छन् :


मंसिरको महिना धेरैले बिहेहरूमा निम्तो गरिरहनुभएको छ तर लगभग कुनैमा पनि पुग्न सकेको छैन । म निर्वाचित भएदेखि आजसम्म धेरै बिहे व्रतबन्ध र भोजका निमन्त्रणाहरू आएता पनि अधिकांशमा म उपस्थित हुन सकि । कृपया मन नदुखाउनुहोला । मेरो शुभकामना आशिर्वाद शुभेक्षा सधैँ तपाइहरूसँग छँदैछ ।

बिहा पार्टी व्रतबन्धहरूमा पुग्न नसकेकामा पक्कै पनि यो हामीले जिताएको तोसिमा छोरी जनताको काममै समय खर्चिरहेकी होलिन् भनी बुझिदिनुहोला । जाजारकोटबाट फर्किएपछि ३-४ दिनमा ललितपुरको चुनिखेल, थेचु, हरिसिद्दी, सुनाकोठी, नखिपोटमा स्थानीयहरू माझ पुगेँ, २(३ वटा महत्त्पूर्ण बैठक, कार्यक्रम र खबरदारीहरू गरियो र तपाईंहरूको मायाले स्वास्थ्य पनि निको भैसकेँ ।

तर माफ गर्नुहोला धेरै बिहेको निम्तोका कार्डहरू थाती राखेर भोलि बिहानै फेरि जाजरकोट जाँदैछु केही थप तयारीका साथ । ‘हामीले तेत्रो भोट देको, जिताको तर बिहेमा पार्टीमा बोलायो कैले आउँदिन सार्है ठूली भई’ नभन्नुहोला है्र मेरो शुभकामना सधैँ छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: