तार्केश्वरमा रामलक्ष्मणले विकास गरेको  ‘इमरजेन्सी रेस्पोन्स कन्सोल’ जडान, के हाे यसकाे काम ?

दर्पण दैनिक ३ माघ २०८१,१२:०३
post

काठमाडौँ । तारकेश्वर नगरपालिकाले आपतकालीन अवस्थामा तत्काल उद्धार तथा सहयोग पुर्‍याउने उद्देश्यले ‘इमरजेन्सी रेस्पोन्स कन्सोल’ सञ्चालनमा ल्याएको छ । नेपाली अनुसन्धानकर्ता रामलक्ष्मण रिमालले विकास गरेको हार्डवेयरमा आधारित ‘इमरजेन्सी रेस्पोन्स कन्सोल’ नगरपालिकाको विपद् व्यवस्थापन शाखाको पहलमा हार्डवेयरमा आधारित यो अत्याधुनिक प्रणाली जडान गरिएको हो । 

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर नगरप्रमुख कृष्णहरि महर्जनले एक कार्यक्रमका बीच उक्त प्रणालीको उद्घाटन गरे । नगरपालिकाका अनुसार यस प्रणालीमार्फत नगरवासीले स्वास्थ्य, सुरक्षा, आगलागी जस्ता आपतकालीन अवस्थामा निःशुल्क सहयोग लिन सक्नेछन् । 

यसका लागि ‘कता हो एप’ प्रयोग गर्न सकिनेछ । उक्त एपमार्फत जानकारी प्राप्त हुनासाथ स्थान पहिचान गरी तत्काल उद्धार टोली परिचालन गरिनेछ । यस प्रणालीमा ‘नागरिक आँखा’ नामक सेवा पनि रहेको छ । यसमार्फत नागरिकले स्थानीय तहले गरेका कामको मूल्याङ्कन गर्न सक्नेछन् ।

यसैगरी सेवा प्रवाह, विकास निर्माण र अन्य समस्याका बारेमा गुनासो तथा सुझाव दिन पनि सकिनेछ । यसबाट नागरिकमा सचेतना बढ्नुका साथै जनप्रतिनिधिहरूलाई उत्तरदायी बनाउन सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले नेपालमै पहिलो पटक यो प्रणाली सुरु गर्न पाउँदा खुशी व्यक्त गरे । विपद्को समयमा हुनसक्ने क्षति न्यूनीकरण गर्न यो प्रणाली महत्त्वपूर्ण हुने उनको भनाइ छ । यसले नगरपालिकाका सेवालाई चुस्त बनाउन मद्दत गर्ने उनको विश्वास छ ।

'पालिका भित्रका कुनै नागरिक एक्लै परेको अवस्थामा वा सहयोग चाहिएमा, कता हो एपमार्फत नगरपालिकामा तुरुन्तै सूचना प्राप्त हुनेछ र तारकेश्वर नगरपालिका सहयोगका लागि सधैँ तत्पर रहनेछ,' कार्यक्रममा बोल्दै नगर प्रमुख महर्जनले भने ।

यसका अलावा यस प्रणालीको नागरिक आँखा नामक सेवामार्फत स्थानीय तहले गरेका कामहरुको प्रशंसा समेत गर्न सकिनेछ । नगरपालिकाले गर्नुपर्ने कार्यहरुको बारेमा आम नागरिकले सेवा प्रवाहको विषयमा तथा पालिकाभित्रका समस्या, विकाश निर्माण लगायतका कुराहरुमा सूचना तथा गुनासो गर्न सक्नेछन् । यसको प्रयोगले आम मानिसमा सचेतना सँगसँगै जनप्रतिनिमा उत्तरदायित्व समेत बोध गराउने र आम जनमानसमा शान्ति सुरक्षाको प्रत्याभूती दिने अपेक्षा गरिएको छ । 

नगरपालिकाले घोषणापत्रमा समावेश गरिएका घर ठेगाना, टोल, ब्लक र घर नम्बर जस्ता सेवालाई पनि अविलम्ब लागू गर्ने तयारी रहेको जानकारी दिएको छ ।  अनुसन्धानकर्ताहरू राम-लक्ष्मण रिमालले विकास गरेको यो प्रणालीको बारेमा जानकारी दिन अभिमुखीकरण तालिम समेत सञ्चालन गरिएको थियो ।


 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९