काठमाडाैं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले सरकारको नीति तथा कार्यक्रम संघीयता विरोधी भएको बताएका छन् ।
मंगलबार सरकारको निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले सरकारको आर्थिक वर्ष २०८०-८१ को निति तथा कार्यक्रम संघीयता विरोधी भएको बताएका हुन् । उनले नीति तथा कार्यक्रममा जम्मा तीनपटक मात्रै संघीयताको उल्लेख गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
अध्यक्ष राउतले प्रदेश प्रहरी, कर्मचारी समायोजनलगायतका संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयलाई ठोस रूपमा सम्बोधन गर्ने पहल गर्नुपर्ने बताए । उनले पाँच लाख रोजगारी, प्रत्येक पालिकामा एक–एकवटा शीतगृह, कृषि भण्डारण केन्द्र, एक टोल एक सामूहिक कृषि, उत्पादन निति, सामूहिक खेती प्रणालीको लक्ष्य सरकारले लिनु भने राम्रो भएको बताए ।
अध्यक्ष राउतले मधेस प्रदेशलाई विशेष प्रदेश घोषणा गरी ‘विशेष रेक्क्यु प्याकेज’ घोषणा गर्न माग गरे ।