
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको वरीयताक्रम घटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सदस्यको मर्यादाक्रम हेरफेर गरेका हुन् । मन्त्री पौडेल यसअघि मन्त्रिपरिषद्को १४औँ वरीयताक्रममा थिए । हेरफेरअनुसार उनको वरीयताक्रम १६औँ कायम गरिएको छ ।
हाल १४औँ वरीयताक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई राखिएको छ । मन्त्री पाण्डे यसअघि १६औँ वरीयताक्रममा थिए । मन्त्रीद्वय पौडेल र पाण्डेको मात्र वरीयताक्रम हेरफेर गरिएको छ । अरू मन्त्रीको वरीयताक्रम यथावत् छ ।
'सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८१ असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम देहायअनुसार हेरफेर गर्नुभएको छ,' राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्री पाण्डे नेपाली कांग्रेसका सहमहामन्त्री हुन् । मन्त्री पौडेल कांग्रेस केन्द्रीय सदस्य हुन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)









































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google