
काठमाडौं । सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरेका छन् । सभामुख घिमिरेले पाण्डेलाई कार्यवाहक महासचिव नियुक्त गरेका हुन् ।
संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए ।
सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ । राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन् । कार्यवाहक महासचिव तोक्ने अधिकार भने सभामुखलाई रहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google