काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधि सभाको बैठकमा आफूले भ्रष्टाचारविरुद्ध कुरा राख्न खोजेको तर सभामुखले समय नदिएपछि विरोधस्वरुप कपडा खोलेको प्रतिक्रिया दिएका छन् ।
वर्तमान केही सांसद, मन्त्रीदेखि पूर्व गृहमन्त्रीसम्मको नाम नक्कली भुटानी शरणार्थी बनाएर भ्रष्टाचार गर्ने कार्यमा आइरहेको तर उनीहरुमाथि अनुसन्धानमा अवरोध भइरहेको देखेपछि आफूलाई चित्त नबुझेर कुरा उठाउन खोजेको तर समय नदिएकाले आफूले उक्त कमद चालेको उनले बताए।
सोमबार बसेको संसद बैठक सुरु हुनेबित्तिकै विरोधमा उत्रिएका उनले बोल्न नपाएको भन्दै शरीरको माथिल्लो भागको सबै लुगा खोलेका थिए । सभामुख देवराज घिमिरेले बोल्न समय नदिएको बताएपछि विरोधमा उत्रिएका उनले अर्धनग्न भएर केही बेर उभिएका थिए । आफ्नो आशनबाट उठेर उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएपछि सभामुख घिमिरेले उनलाई कारबाही चेतावनी दिका थिए । उनको व्यवहारलाई अशिष्ट, अश्लील र असभ्य भन्दै सभामुख घिमिरेले संसद नियमवालीको नियम ३० अन्तर्गत कारबाही गर्ने पनि चेतावनी दिएका थिए ।
कारबाहीको व्यवस्था ?
संसद नियमवालीको नियम ३० अन्तर्गत अभद्र व्यवहा गर्ने सदस्यहरुलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ।
‘चेतावनी शीर्षक अन्तर्गत बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ,’ नियमवालीमा भनिएको छ।
त्यसैगरी यदि सभामुखको आदेश पालना नगरेको अवस्थामा सभामुखले कुनै पनि सदस्यलाई बैठकबाट निस्केर जान आदेश दिन सक्नेछन्।
नियम ३१ अन्तर्गत बैठक कक्षबाट निष्काशन शीर्षकमा भनिएको छ, ‘नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ। आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन।’
त्यसैगरी नियम ३१ कै उपनियम (१) बमोजिमको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्ने उल्लेख छ।
उपनियम (२) बमोजिम बैठकबाट निष्काशित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन नपाउने व्यवस्था छ। यसरी निकालिएकोमा सचिवले सोको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिने व्यवस्था संसद नियमवालीमा छन्।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)



















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google