काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा तोडफोडमा संलग्नहरुलाई कारबाही गर्ने बताएकी छन् । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन् । उनले नेपाली भएर नेपाली मार्ने र आफ्नो देशमा लुटपाट गर्नेहरुलाई राज्यले नछाड्ने बताइन् ।
‘नेपाली भएर नै यी सब कामहरु गरेका हुन् ? नेपालीले आफ्नै देशको संरचनामा ध्वस्त गर्न सक्छ । यसरी भौतिक संरचना ध्वस्त बनाउनेलाई कानुनी कारबाही हुन्छ,’ उनले भनेकी छन् ।
त्यस्तै जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको परिवारलाई प्रति परिवार १० लाखका दरले क्षतिपुर्ति दिने निर्णय समेत भएको उनले बताइन् । त्यतिमात्र होइन घाइते परिवारलाई उचित राहतको व्यवस्था गर्ने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता रहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google