ललितपुर । मंगलबार ललितपुरमा विप्लव अधिकारी स्मृती सदनको सम्मान तथा साधारण सभा कार्यक्रम थियो । गत माघ २३ गते साँझ महालक्ष्मीस्थानमा अवस्थित एक वृद्ध दम्पत्तीको घरमा आगलागी हुँदा वृद्धवृद्धालाई बचाउन गएका स्थानीय युवा विप्लभ अधिकारीको आगलागीमा परी ज्यान गएपछी उनको साहसिक आवसानको सम्मान र स्मृतिस्वरुप आयोजना गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा, नेता चन्द्र भण्डारी, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन लगायतका नेताहरुको उपस्थिति थियो ।
त्यही कार्यक्रममा थिए नेकपा एमाले ललितपुर जिल्ला कमिटिका अध्यक्ष पुरुषोत्तम आचार्य । २०६० सालमा राजाको शासनकालका बेलासँगै राजद्रोह मुद्दा खेपेर गगन थापा र आचार्य सँगसँगै थिए । उसबेला थापा नेपाली कांग्रेस विद्यार्थी संगठन नेविसंघका नेता थिए भने आचार्य एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता । उबेला फरक सँगठनमा रहेर पनि एउटै आन्दोलनमा होमिएका यी दुई नेतामध्ये थापा पार्टी महामन्त्री भईसके भने पार्टीको संसदीय दलको नेतामा समेत लडिसकेका छन् । आचार्य भने एमाले पार्टीको जिल्ला अध्यक्ष छन् ।
मंगलबार एउटै मञ्चमा भेटिएका थापा र आचार्यले पुराना यादहरुलाई सम्झिएको आचार्यले बताए ।
आफ्नो ज्यान गुमाएर वृद्धवृद्धाको उद्धार गरि बचाउने साहसिक युवा सपूत विप्लभ अधिकारीको सम्मान र सम्झनामा परिवार, आफन्तजन र छिमेकीको संलग्नतामा विप्लभ अधिकारी स्मृति सदन नामक संस्था स्थापना गरि २५,५०,००० रूपैयाँको विप्लभ अधिकारी उद्वार तथा राहत कोष समत स्थापना गरीएको छ । यो संस्था, सस्था दर्ता ऐन २०३४ को अधिनमा रही जिल्ला प्रशासन कार्यालय, ललितपुरमा दतां गरि समाज कल्याण परिषद्मा आवद्ध र ललितपुर महानगरपालिका कायर्यालयसा सुचिकृत समेत गरिएको छ।
अतः सोही कोषबाट यसवर्ष आगजनी भइ किर्तिपुर अस्पतालमा उपचार गराईरहनु भएका विपन्न परिवारका के जना विरामीहरुलाई जनही रु २५ हजारका दरले उपचार खर्च सहयोग गर्ने, अक्षय कोषमा सहयोग गर्न दाताहरुलाई सम्मान गर्ने र आजिवन सदस्यता वितरण गर्ने तालिका सहितको उनै विप्लभ अधिकारीको स्मृति दिवसमा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा आयोजित श्रद्धान्जली सहित संस्थाको तपशीन बमोजिम सम्पन्न हुने प्रथम वार्षिक साधारण सभाको कार्यक्रम सम्पन्न भएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google