
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभा आज (बुधबार) बसेको बैठकमा सांसद लामिछानेले यस्तो माग गरेका हुन् । शरणार्थी प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत छानबिन गर्नुपर्ने उनले माग गरे ।
प्रतिनिधिसभाको बैठकको सुरुमै बोल्दै सांसद लामिछानेले भने, ‘यहाँ मुछिएका मान्छेहरु हेर्नुस्, यो राज्यमा हामीले कसको विश्वास गर्ने ? त्यसकारणले यो विश्वासको वातावरण बन्द भएको छ, यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानविन गर्नुपर्ने हुन्छ ।’
बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरु आ–आफ्नो स्थानबाट उठेपछि सभामुखले देवराज घिमिरेले प्रमुख सचेतकलाई दुई मिनेटभित्र कुरा राख्न भनेका थिए ।
तर, प्रमुख सचेतक सन्तोष परियारले पार्टीको तर्फबाट सभापतिले कुरा राख्ने भनेपछि लामिछाने बोलेका थिए । दिनदहाडै बालुवाटारमा, सिंहदरबारमा र मन्त्री क्वाटरमा लेनदेन भएको भन्दै उनले नाम मुछिएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गरे ।
‘जुन–जुन निकायहरु यसमा लागिपरेका छन्, कसैको पनि विश्वास गर्ने वातावरण नभएको हुनाले सम्माननीय सभामुखमार्फत यो अनुरोध गर्न चाहान्छु कि जजसको नाम आएको छ, तिनलाई सोधपुछसमेत गर्न नहुने गरी किन डराएको हो ?’, उनले भने ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)




















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google