काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अब सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयबाहेकमा सरकारसँग वार्ता नगर्ने घाेषणा गरेकाे छ । बिहीबारको संसद बैठकपछि आयाेजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री गगन थापाले अब संसदीय छानबिन समिति बन्नेबाहेककाे कुरामा सरकारसँग वार्ता नहुने घाेषणा गरे ।
‘कांग्रेसलाई आज संसदमा उक्साउने गर्ने काम भयो । हामी उक्सिदैनाैँ । सभामुखकाे भूमिकाप्रति असन्तुष्टि छ । सरकारले मुठभेड निम्त्यायो,’ उनले भने, ‘कांग्रेस लचकदार हुँदा पनि सरकारले अलमलाउने काम गर्याे । शुक्रबार ९ बजे संसदीय दलको बैठक छ, त्योभन्दा बाहेक हामीलाई कोहीसँग छलफल गर्नु छैन ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google