ओली सरकारले ४ महिनामा गरेका कामले जनतामा आशा जगायाे : एमाले

दर्पण दैनिक २४ कार्तिक २०८१,१८:०८
post

काठमाडाैँ । सत्तारुढ दल नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गरेको छ । शनिबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा ओली सरकारबारे समीक्षा भएको हो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ओली सरकारको ४ महिने अवधिको समीक्षा गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । 


बैठकले सरकार ठीक ढंगले अगाडि बढिरहरको निष्कर्ष निकालेको छ ।  बैठकले ४ महिनामा सरकारले गरेका कामले जनतामा आशा जगाएको समेत निष्कर्ष निकाल्दै अगामी दिनमा थप समन्वयका साथ काम गर्नुपर्ने निचोड निकालेको छ । 

सरकार सञ्चालनका विषयमा साझेदार दलसँग समन्वय बढाउनुपर्नेमा समेत बैठकमा कुरा उठेको छ । उपमहासचिव ज्ञवालीले भने,   ‘बैठकमा सरकारको चार महिने कार्यकालको समीक्षा गरेका छौँ । सरकारले आधारभूत रूपमा ठीक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष छ ।  दुई राजनीतिक दलबिच समझदारीलाई प्रगाढ बनाउन र काममा अझै बढी समन्वय ल्याउनका निम्ति विश्वासको वातावरणलाई सुदृढ गर्दै लैजाने कुरामा छलफल भएको छ ।’  

यस्तै बैठकमा ओलीको आसन्न चीन भ्रमणबारे पनि छलफल भएको छ भने उत्तरी र दक्षिणी दुवै छिमेकीसँग सन्तुलित रूपमा सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने र त्यसैअनुसार अगाडि बढ्ने निष्कर्ष निकालिएको छ । 

यस्तै बैठकले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टी पूर्ण शक्तिका साथ प्रतिस्पर्धामा उत्रिने निर्णयसमेत गरेको छ । उपमहासचिव ज्ञवालीले स्थानीय तहको उपनिर्वाचनका लागि तय भएका उम्मेदवारको नाम अनुमोदन गरिएको र पूर्णशक्तिका साथ परिचालन हुन पार्टी कमिटीहरूलाई निर्देशन दिइएको बताए । 

बैठकले मानव तस्करीसँग जोडिएका कोशी प्रदेशसभा सांसद लिलाबल्लभ अधिकारीलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गर्ने कोशी प्रदेश कमिटीको निर्णयलाई पनि अनुमोदन गरेको छ । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: