काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले संगठन सुदृढीकरण यात्रा गरिरहेका छन् । शाहीले पार्टीको संगठन सुदृढीकरण गर्नका लागि कर्णालीका दशवटै जिल्लाका प्रत्येक गाउँगाउँमा पुगेका हुन् । उनी आज मुगु पुगेका छन् । चुनाव जितेकाहरु शहर र राजधानीमा सत्ताको हिसाव किताव गरिरहँदा युवा नेता शाही भने दुर्गम गाउँका समस्या केलाएर हिसाब गर्दै छन् । उनी चुनावकै घmल्को दिने गरि कर्णलीमा हिंडिरहेका छन् । उनको यो रहर नभई जन्मभुमि र जनताप्रतिको माया भएको टिप्पणी हुन थालेका छन् । उनको यो यात्रामा उनी एक्ला भने छैनन्, नेपाल्ी कांग्रेसका नेता कार्यकर्ताहरुको बाक्लै उपस्थिति रहेको देख्निछ । उनी जहाँ पुग्छन त्यहाँ उनको भब्य स्वागत भइरहेकोछ ।
पार्टीलाई राम्रो बनाउने हामी सबैको दायित्व हो, यसलाई आत्मसात् गर्दै कांग्रेस संगठन सुदृढ यात्रा गर्न थालेको नेता शाहीले बताए । उनले संगठन सुदृढीकरण यात्राअन्तर्गत सल्यानको कपुरकोटदेखि हुम्लाको सिमिकोटसम्म पुग्ने योजना बनाएका छन् । कांग्रेसको गौरवपूर्ण इतिहासलाई कायम राख्न अनुभवी पुस्तालाई सम्मान र वर्तमान पुस्ताको ऊर्जालाइ अभिवृद्धि गर्नु अभियानको उद्देश्य रहेको शाहीले बताए । यात्राका क्रममा अग्रज पुस्तादेखि युवा पुस्तासम्मको भेटघाट, छलफल, बहस, अन्तरक्रियाको माध्यमबाट पार्टीलाई भावनात्मक रुपमा एकताबद्ध बनाउने प्रयास गरिने उनले बताए ।
संगठनलाई बलियो र सशक्त बनाउँदै पार्टीलाई थप उर्जाशील र गतिशील बनाउनु अभियानको मूल उद्देश्य हो, पार्टीलाई चलायमान र जागृत गर्दै भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाहरुका नेता, पार्टीका कार्यकर्तामा नयाँ आशा, भरोसा र नयाँ ऊर्जा थप्ने प्रयास यात्राको क्रममा गरिनेछ,’ शाहीले भने । पार्टीलाई जनतासँग र जनताको भावनालाई पार्टीसँग जोड्न आफ्नो अभियानले भूमिका खेल्ने उनले बताए। यात्राका क्रममा पार्टीको तल्लो तहमा रहेको नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्ने, उनीहरुबाट आएका रायसुझाव पार्टीलाई दिईने उनले जानकारी दिए ।
शाहीका अनुसार पार्टी र लोकतान्त्रिक व्यवस्थामाथि देखिएका चुनौतीहरु समेत अभियानमार्फत् केलाइने छ । कर्णालीका जिल्लाहरुमा संगठन सुदृढ यात्रा एक महिनाभन्दा बढी चल्ने छ । पहिलो चरणमा पाँच वटा जिल्लामा यात्राको तालिका तय गरिएको छ । अभियान कर्णालीका हालसम्म ८ वटा जिल्लामा कार्यक्रम सम्पन्न भइसकेका छन् । बाकी रहेका मुगु र हुम्ला जिल्लामा अभियान हुँदै छ ।