चितवन–२ मा रवि लामिछानेलाई जगन्नाथ पौडेलकाे साथ

दर्पण दैनिक २० चैत्र २०७९,११:५७
post

काठमाडाैं । चितवन कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सघाउने घोषणा गरेका छन् ।

पौडेलले आफ्नो समूहको समर्थन रविलाई गरेको बताए । ‘रविजीलाई उपनिर्वाचनमा समर्थन गरेका छौँ,’ पौडेलले भने, अब हामी हाम्रो समूह चुनावमा खटिन्छौँ ।’ साथै उनले रास्वपा क्रियाशील हुने संकेत पनि गरे ।

‘मैले कांग्रेसमा मेरो जवानी र लामो समय गुमाए,’ तर,  मेरो क्षमता, योग्यतालाई पार्टीले अपमान गर्‍यो, मलाई कारवाही गर्‍यो, मेरो विगतका सबै योगदान शून्यको स्थितिमा पुर्‍यायो, मलाई थन्क्यायो,’ पौडेलले थपे, ‘अब परिवर्तनका लागि मेरो शक्ति, क्षमता र खाँचो रास्वपाले देख्यो, उहाँहरुले मेरो आवश्यक रहेको बताउनुभयो ।’ अहिले चुनावको लागि समर्थन गरेपनि भविष्यमा नयाँ यात्रा तय हुने उनले बताए ।


उनले नेपाली कांग्रेसले भरतपुर महानगरको चुनावमा टिकट नदिएको भन्दै असन्तुष्ट भएर बागी उम्मेदवारी दिएका थिए । तर, पराजित भएका थिए। यस्तै ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावमा पनि स्वतन्त्र उठेका थिए ।  सो क्षेत्रबाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणले पद गुमाएपछि उपनिर्वाचन हुन लागेको हो ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: