काठमाडाैं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । काठमाडौंमा शनिबार सम्पन्न प्रथम महाधिवेशनबाट बाँस्कोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएकी हुन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन भएका छन् भने महासचिवमा रञ्जुदर्शना सर्वसम्मत भएकी छन् ।
त्यस्तै, सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन भएका छन् भने कोषाध्यक्षमा दामोदर नेपाल निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यका लागि भने निर्वाचन हुने भएको छ । आकांक्षी धेरै भएपछि केन्द्रीय सदस्यको टुंगो निर्वाचनबाट लगाइने भएको हो ।
विवेकशील साझाको केन्द्रीय समिति ६१ सदस्यीय हुनेछ । केहीबेरमै निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन समितिले जनाएको छ ।