तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा बस्यो नेपाली कांग्रेस काभ्रेको मासिक घुम्ती बैठक

काभ्रे । नेपाली कांग्रेस काभ्रेले जेठ महिनाभर आफ्ना क्रियाशील सदस्यलाई परिचयपत्र (कार्ड) वितरण गर्ने भएको छ । तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा बसेको जिल्ला कार्यसमितिको बैठकले जेठ महिनाभरमा १ सय ३५ वटै वडामा सम्मेलन गर्ने र सोही दिन क्रियाशील कार्ड समेत वितरण गर्ने निर्णय गरेको हो । करिब १९ हजार सदस्यलाई क्रियाशील सदस्यता पत्र (कार्ड) वितरण गर्न लागेको नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले जानकारी दिए ।
जिल्ला कार्यसमिति बैठकले जिल्लाका पदाधिकारी एवं पूर्व पदाधिकारीलाई १३ स्थानीय तह र जिल्ला सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृ संस्था प्रमुखहरुलाई वडामा प्रतिनिधि तोकेर सम्मेलन सम्पन्न गर्न खटाउने निर्णय पनि गरेको छ ।
सभापति तीर्थ लामाका अनुसार, सोही समयमा पार्टीका टोल समितिसम्म पूर्णता नपाएको भए पूर्णता दिने, भातृ तथा शुभेच्छुक संस्था गठन एवं विस्तार समेत हुनेछ । बैठकले जिल्लामा गठन भएका विभिन्न शाखाले पूर्णता पाएकाले सदस्यहरुलाई मनोनयन पत्रसहित प्रशिक्षण दिने पनि तय गरेको छ ।

जिल्ला कार्यसमितिको आगामी बैठक बेथानचोकमा बस्ने निर्णय भएको सचिव माधव ढकालले जानकारी दिए । बैठकले तेमालका लालबहादुर थिङलाई आमन्त्रित जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा सम्पन्न मासिक घुम्ती बैठक तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, बिशिष्ठ अतिथि नेपाली कांग्रेस काभ्रेका सभापति, पूर्व मन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामा रहेका थिए । तइस्तै, जिल्ला कार्यसमितिका पदाधिकारी लगायतकोउपस्थिति रहेको थियो । कार्यक्रमलाई सफल पार्नको आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने सबैलाई तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले धन्यवाद दिए ।









































































































































































































































































































































































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)























































































































































1691312161.jpg)
















































































































































































































































































.jpg)
































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google