अशोककुमार राईकाे नेतृत्वमा जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ । पार्टीको संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्ष बनाइएकाे छ ।
समितिमा चार उपाध्यक्ष छन् । नवलकिशोर साह, रणध्वज लिम्बू, परशुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् ।
इस्तियाक राई महासचिव बनेका छन् । प्रदीप यादव उपमहासचिव बनेका छन् भने दीपक कार्की र रञ्जु ठाकुरलाई सचिव बनाइएकाे छ । वीरेन्द्र महतो कोषाध्यक्ष बनेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google