कसैले घमण्ड नगरे हुन्छ, एउटा पार्टी अलग हुनेबित्तिकै सरकार भूइँमै पछारिन्छ : माधव नेपाल

दर्पण दैनिक १४ बैशाख २०८१,१५:३०
post

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले २०७४ को निर्वाचनमा पाएको मतको कारण नेताहरुमा घमण्ड सवार हुँदा ०७९ को निर्वाचनमा क्षति व्यहोर्नु परेको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०७४ मा कम्युनिष्ट पार्टीले पाएको मत सदुपयोग हुन नसकेको बताएका हुन् ।

नेकपा (एमाले) का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने, ‘२०७४ सालमा जनताले हामीलाई झण्डै दुई तिहाई बहुमत उपलब्ध गराए । त्यसलाई सदुपयोग गर्न सकेको भए २०७९ को सालमा हामीलाई सजिलो हुन्थ्यो । त्यो बेलामा हामीले शक्तिको सदुपयोग गर्नुपर्थ्यो, त्यो हुन सकेन । नेताहरुको दिमागमा घमण्ड सवार भयो ।’

साथै, जर्मनका क्रुर शासक हिटलर पनि घमण्डकै कारण सकिएको उनको दाबी छ । उनले जनताले दिएको शक्तिलाई सदुपयोग गर्न सक्नुपर्ने बताए ।
आफूले सरकारको नेतृत्व गर्दा २५ वटा पार्टीलाई सम्हालेर २१ महिना प्रधानमन्त्री बनेको उनले स्मरण गराए । संसद्का १२ दल मध्ये छ वटा पार्टी सरकारमा रहेको उनले बताए । छ वटै पार्टीलाई समान ढंगले मिलाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले कुनै एउटा पार्टी बाहिरिँदा सरकार भूँईमै पछारिने स्थिति रहेको बताउँदै उनले कसैले पनि घमण्ड गर्न नहुने बताए । ‘कुनै एउटा पार्टी अलग हुनेबित्तिकै सरकार भूइँमै पछारिन्छ । यो कुरा पनि हेक्का राख्नुपर्छ । कोही पनि घमण्डी नहुन्,’– उनले भने ।

साथै, कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढ्न नसकिने उनको भनाइ छ । उनले कांग्रेसलाई शत्रु ठान्नु आफ्नै पार्टीलाई खत्तम पार्नु रहेको बताए । ‘कसै–कसैले कांग्रेसलाई शुत्रु भन्छन् । यो पार्टीको हितमा होईन, पार्टीलाई खत्तम पार्ने बाहेक केही पनि गर्दैन,’– उनले भने ।

नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिष्ट पार्टीबाहेक अरु कसैमा नरहेको उनको भनाइ छ । कम्युनिष्टहरु यथास्थितिमा नभएर परिवर्तनमा रमाउनुपर्ने उनको भनाइ छ । सत्तामा बस्नेहरुले शक्तिमा मात्तिन नहुने र सत्तामा पुगेपछि विनम्र हुनुपर्ने बताए । मात्तिएको खण्डमा क्षति व्यहोर्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: