विष्णु रिमालले भने– हामी ‘बहुलाउनै’ पर्छ !

दर्पण दैनिक ७ जेष्ठ २०८०,११:३४
post

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमालले आफूले यसअघि राखेको धारणाको बचाउ गर्दै काम गर्न ‘बहुलाउनैपर्ने’ बताएका छन् । उनले ७२ सालको संविधान बहुलाएरै बनाएको, केपी ओलीले बहुलाएरै नाकाबन्दीको सामना गर्नुपरेको भन्दै मुलुकमा अब केही गर्न बहुलाउनै पर्ने बताएका छन् ।

यसअघि रिमालको सार्वजनिक भिडियोमा केपी ओलीको स्टाटसमा पचासहजार लाइक आएमात्रै एमाले पहिलो पार्टी हुने बताएका थिए । उनले त्यसमा रवि लामिछाने, हर्क साम्पाङ, बालेन शाहको स्टाटसमा त्यसैगरी लाइक र कमेन्ट आउने बताएका थिए ।

उनले साम्पाङलाई बहुला पाराले काम गरेको बताएका थिए । त्यसपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि रिमालले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्, “हो, अब हामी “बहुलाउनै” पर्छ!

०७२ सालमा संबिधान निर्माण गर्न हामी “बहुलाएरै” लागेका थियौं ।  त्यसपछिको नाकाबन्दीको सामना गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली “बहुलाएरै” भिड्नु भएको थियो । जनताले साथ दिए, मुलुकले सफलता हासिल गर्‍यो । 

०७४ को चुनावपछि हामी “बहुलाएरै” काममा जोतिएका थियौं ।  आधा शताव्दीसम्म हाम्रो संप्रभुता बाहिर रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी ... हामीले “बहुलाएरै” नक्सामा सामेल गर्‍यौं । सिंगो मुलुक एक ठाउँमा उभियो । 

अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन “बहुलाएर” लागेका छन् । सबैलाई ‘श्रमदान गर भनिरहेका छन् । त्यसैले मैले पनि भनेको छु– “बहुला पाराले” काम गर्ने ... धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर!
म पनि काम गर्ने मामिला “बहुलाउने” मानिस हुँ । 

हो, मुलुकमा केही गर्न हामी अब “बहुलाउनै” पर्ने भो !

फेरी पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरुको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु । म ति आलोचना स्वीकार्छु, धन्यवाद !


सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: