काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिरामी रहेका धनगढी उपमहानगरका मेयर गोपी (गोपाल) हमाललाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।
पार्टीको कार्यक्रमका लागि कैलाली पुगेका प्रचण्डले शनिबार मेयर हमालको निवासमै गएर भेटेका हुन् । शीघ्रस्वास्थ्य लाभको कामना गरेका प्रचण्डले मेयर हमालको कार्यशैलीको प्रशंसा समेत गरेका थिए ।
मेयर हमाललाई अघिल्लो महिना मस्तिष्क पक्षघात भएपछि दिल्लीमा लगेर उपचार गरिएको थियो । त्यहाँबाट फर्किएका उनले अहिले आराम गरिरहेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google