अहिले एमाले र माओवादीसँग पार्टी एकता हुँदैन : अध्यक्ष नेपाल

दर्पण दैनिक १२ कार्तिक २०८१,११:४३
post

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग पार्टी एकता नहुने दाबी गरेका छन् । एकीकृत समाजवादीको गण्डकी प्रदेश कमिटीको १० औँ पूर्ण बैठकलाई पोखरामा सम्बोधन गर्दै उनले माओवादीसँग पार्टी एकता नहुने बताएका हुन् । यस्तै उनले एमालेसँग पनि पार्टी एकताको सम्भावना नभएको जिकिर गरे ।

अध्यक्ष नेपालले पार्टीमा देखिएका असन्तुष्टिलाई निराकरण गरिएको भन्दै पार्टी विभाजन हुने या कोही नेता कुनै पार्टीमा प्रवेश गर्ने कुरा पनि हल्ला मात्रै भएको दाबी गरे ।

‘हामी एमाले वा माओवादीसँग एकता गर्ने कुरा बाहिर आइरहेका सुन्छौँ । म प्रस्ट पार्न चाहन्छु, हामी न एमाले न माओवादी कसैसँग पनि एकता गर्दै छैनौँ र त्यस विषयमा कुराकानी पनि भएको छैन ।’ उनले भने, ‘भएको कुरा एजेन्डा मिल्नेहरूसँग सहकार्यको कुरा हो । मोर्चा निर्माण गरेर अगाडि बढ्ने कुरा हो ।’

केही समय अगाडी समाजवादी र माओवादी पार्टी एकताबारे छलफल भइरहेको दुवै पक्षका नेताहरूको भनाइ थियो । तर अहिले यो कुरा सेलाएर गएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: