काठमाडाैँ । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहीजाँत’ लागेको छ । डडेल्धुरा सदरमुकामबाट ५ किलोमिटर टाढा रहेको उग्रतारामा शुक्रबार रतेडी र आज दिउसेडी मेला लागेको हो । अमरगढीकै खनमडा, छचोडा, दमडा र जिलोडा गाउँबाट बिहान देउरो आएपछि आज दिउसेडी मेला सुरु भएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए ।
उग्रतारामा लागेको मेला भर्न सुदूरपश्चिमका सबै ९ जिल्ला, कर्णाली प्रदेश र भारतबाट पनि दर्शनार्थीहरू पुग्ने गरेका छन् । यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि मेलामा सहभागी भएका छन् । देउवा दम्पतीले मेलामा पूजाआजा पनि गरेका छन् ।
किम्बदन्तिअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको विश्वास छ । सोही दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको बताइन्छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google