काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । कान्तिपुर गार्डेन व्यांक्विट बालकुमारीमा बैठक बिहान साढे १० बजेबाट सुरु हुनेछ ।
बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । उनले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा पार्टीको आन्तरिक विषयसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ । नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले सरकारमा सहभागी हुन गरेको आग्रहका विषयमा पनि बैठकमा छलफल हुनेछ ।